घरैमा बनाउनुहोस् रेस्टुरेण्टको जस्तै सुकुटी « Khabarhub

घरैमा बनाउनुहोस् रेस्टुरेण्टको जस्तै सुकुटी


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ ।

आवश्यक सामग्री
बफ तथा चिकेनको मासु
आवश्यकताअनुसार तेल
पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन अदुवाको पेस्ट

मासुलाई बेसारले मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने । तातो भाँडामा तेल राखेर प्याज हालेर खैरो हुनेगरी भुट्ने । त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन । गरम मसला पालैपालो हालेर चलाउने ।

यो मिश्रण डढ्न दिन हुँदैन । त्यसैले आगो सानो पार्ने । त्यसपछि काटेर राखेको सुकुटीलाई हालेर राम्ररी चलाउने । स्वाद मन पराउनेले टमाटर काटेर राख्न पनि सकिन्छ । मासुलाई केहीबेर छोपेपछि त्यसमा मिट मसला थोरै राखेर काटेको हरियो धनियो राखेपछि सुकुटी खानका लागि तयार हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ५ : ५८ बजे

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस