एनआरएनए महाधिवेशन डेढ महिनाभित्र हुने « Khabarhub

एनआरएनए महाधिवेशन डेढ महिनाभित्र हुने


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी डेढ महिनाभित्र हुने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनामा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयसँग छलफल गरेर डेढ महिनाभित्र निर्वाचन गर्ने तयारी गरिएको बताए ।

उनले मन्त्रालयले आफ्नो कार्यक्षेत्र नाघेर पत्राचार गरेको पनि आरोप लगाए । ‘एनआरएनएभित्रका समस्याको समाधान गर्न हामी नै सक्षम छौं । हामीले समाधान निकाल्छौं । म प्रधानमन्त्री शेरबहादुर देउवासमेत भेटेर यहीँ कुरा भन्छु,’ उनले भने । पन्तले मन्त्रालयले आफूसँग एकप्रकारको छलफल गर्ने तर पत्र लेख्ने बेलामा अर्कै प्रकारको पठाउने गरेको गुनासो गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. बद्री केसीले नेतृत्व कस्ले लिने भन्ने विषय गौण भएको बताउँदै निर्वाचनको वातावरण बनाउन आफू लचिलो हुन तयार रहेको बताए ।

गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले संघ अत्यन्त कठिन मोडमा उभिएको बताए । उनले निर्वाचन समितिले संघको पदाधिकारीको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्षहरु रविना थापा, मन केसी, महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिबी क्षेत्री, सचिव आरके शर्मालगायत राष्ट्रिय समितिका अध्यक्षहरु, आइसीसी सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरु, केन्द्रीय पार्षदलगायतले सम्बोधन गरेका थिए ।

यसअघि कार्यकारी सचिवालयको आइतबार सम्पन्न बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको थियो । महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : २० बजे

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक