अभिनय छाड्दै सुप्रिया « Khabarhub

अभिनय छाड्दै सुप्रिया


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– टेलिभिजन सिरियल ‘कुण्डली भाग्य’ र ‘कुमकुभ भाग्य’मा आठ वर्षसम्म सरला अरोडको भूमिका निर्वाह गर्ने अभिनेत्री सुप्रिया शुक्लाले अभिनयबाट ब्रेक लिने निर्णय लिएकी छन् ।

उनले हालैमात्र एक अन्तरवार्तामा ‘कुण्डली भाग्य’को हिस्सा नहुने बताएकी छन् । उनले कामबाट ब्रेक लिने विषयको कारणबारे पनि बताएकी छन् । उनले आफ्नो परिवारसँग बाँकी समय बिताउनु पर्ने भएकाले अभिनयबाट ब्रेक लिने बताएकी हुन् ।

‘आठ वर्षअघि जब मलाई ‘कुमकुम भाग्य’को प्रस्ताव गरियो, त्यो बेला सरलाको भूमिका आफैंमा एक दिलचस्प थियो । मलाई सृति झा र मृणाल ठाकुरको आमाको भूमिका निभाउनु मजा आयो । चरित्रको कैयौं तह थियो । तर वर्षौसम्म यो भूमिका निर्वाह गरेपछि मलाई यो भूमिकामा योगदान दिनका लागि अरु केही थिएन । निर्माताहरुले ‘कुण्डली भाग्य’ मा सरलाको चरित्र निभाउन प्रस्ताव गरे र म दुई छोरीको आमाको भूमिका निभाउन लागें । केही वर्षमा र हालै महामारीका कारण मैले आफ्नो परिवारका साथ बाहिर पाइला चालेको छैन । म अरु केही कुरा गर्न चाहन्छु । ‘कुण्डली भाग्य’ र ‘मोल्क्की’का कारण मैले आफ्नो समय पाउन सकेको छैन । त्यसकारण मैले सरलाबाट ब्रेक लिँदैछु’, उनले भनेकी छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : २० बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि