मिर्गौलामा समस्या हुनै नदिन के गर्ने ? समस्या हुँदा के हुन्छ ? « Khabarhub

मिर्गौलामा समस्या हुनै नदिन के गर्ने ? समस्या हुँदा के हुन्छ ?


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिर्गौला स्वस्थ राख्न दैनिक सेवन गर्ने परिकार तथा खाद्यान्न स्वस्थ हुनुपर्छ । अस्वस्थ कर खानाले शरीरका सम्पूर्ण अंगमा असर पुर्‍याउँछ । अस्वस्थ कर खाना खाँदा मिर्गौलामा क्षति पुग्न सक्छ । यस्तोमा मिर्गौलामा हुने क्षति कम गर्न के गर्ने त ?

क) जथाभाबी रूपमा दुखाइ कम गर्ने औषधि, आयुर्वेदिक औषधि सेवन नगर्ने ।

ख) चिकित्सकको परामर्श बिना कुनै पनि औषधी नखाने ।

ग) घर बाहिरका खानेकुरा, जंकफुड, प्याकेट बन्द खानेकुरा खानेकुरा नखाने ।

घ) घरमा पनि तारेको, डिप फ्राइड, मसलादार खानेकुरा नखाने ।

ङ) नियमित शारीरिक परीक्षण र नियमित शारीरिक व्यायाम गर्ने ।

च) गर्मी मौसममा पर्याप्त पानी पिउने ।

छ) धेरै बेर पिसाब रोकेर नराख्ने ।

मिर्गौलामा समस्या हुँदा देखिने लक्षण :

– खान मन नलाग्ने

– वाकवाक लाग्ने

– शरीर धेरै सुन्निने

– पिसाबमा फिँज आउने

– पिसाब कम हुने

– पिसाब धेरै लाग्ने

– कोखा सुन्निने

– आँखा तिरमिर हुने

– खुट्टा सुन्निने

– शरीरमा रगत कम भएर शरीर सेतो देखिने

– सास फेर्न गाह्रो हुने

– छाती दुख्ने ।

माथिका लक्षणहरू देखा परेमा मिर्गौला रोगको शङ्का गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकसँग परीक्षण गराउनुपर्छ ।

मिर्गौलासम्बन्धी रोग लाग्ने कारणमा मधुमेह, उच्च रक्तचाप, पत्थरी, वंशाणुगत रोग, अव्यवस्थित तथा अस्वस्थ कर खानपान, अव्यवस्थित जीवनशैली प्रमुख हुन् । मिर्गौलासम्बन्धी रोग लाग्न नदिन रक्तचाप र मधुमेहको नियमित परीक्षण गर्ने, ४० वर्ष कटेका मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले ६-६ महिनामा मिर्गौला परीक्षण गराउनुपर्छ । यस अलावा शरीर स्वस्थ राख्न र अन्य रोगबाट बच्न जीवनशैली व्यवस्थित बनाउनु पर्दछ । यस अलावा खानपान र व्याममा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । अन्यथा शरीरमा विभिन्न रोग लाग्न सक्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ०५ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति