सामान अर्डर गर्दै महिलाले मागिन् यस्तो सहयोग  « Khabarhub

सामान अर्डर गर्दै महिलाले मागिन् यस्तो सहयोग 


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अनलाइन सपिङ गर्ने धेरैको बानी परेको छ । घरमा सहजै डेलिभरी हुने भएकाले हरेक साना ठुला वस्तुको खरिदमा सहरका मानिस अनलाइन सपिङमा निर्भर रहन्छन् । यस्तोमा एक महिलाले डेलिभरी व्वाईसँग अनौठो अनुरोध गरेकी छन् । जो सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्यो ।

विश्वका धेरै मानिस माकुरोसँग डराउँछन् । यस्तैमा एक महिला पनि घरको मुख्यद्धारमा माकुरोको डरका कारण घर बाहिर निस्कन पाएकी थिइनन् । उनले माकुरोको डरबाट मुक्ति पाउन डेलिभरी व्वाईसँग अनौठो अनुरोध गरिन् । ती महिलाले अमेजन अनलाइन सपिङबाट घरमा सामान अर्डर गरिन्।

सामान अर्डर गर्दा अनलाइनमा डेलिभरी व्वाईलाई केही निर्देशन दिन सकिने व्यवस्था थियो । जहाँ सामान कति बेला ल्याउने ? कहाँ ल्याउने ? कहाँ राख्ने लगायतको निर्देशन गर्न सकिन्थ्यो । यही सुविधा उपभोग गर्दै, ग्वेन सन्चेज नामक महिलाले अमेजनबाट सामान अर्डर गर्दै रिक्वेष्ट बक्समा लेखिन्, सामानको प्याकेट फोहोरदान नजिकै राख्नुहोस् । साथै घरको मुख्यद्धारमा एउटा ठुलो माकुरो भएकाले म डरले बाहिर निस्कन सकेको छैन । यदि तपाईंले यसलाई मारिदिनु भयो भने राम्रो हुने थियो ।

डेलिभरी व्वाईले ती महिलाको समस्या र अनुरोध बुझ्दै सामान पुर्‍याउन आएको बेला जुत्ताले त्यस माकुरो मारिदिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : १६ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७