महाधिवेशनका लागि एमालेले आज देशभरबाट १‚९९९ प्रतिनिधि छान्दै | Khabarhub Khabarhub

महाधिवेशनका लागि एमालेले आज देशभरबाट १‚९९९ प्रतिनिधि छान्दै


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन गर्दैछ ।

यही मंसीर १०, ११ र १२ गते चितवनमा हुने महाधिवेशनका लागि १‚९९९ जना प्रतिनिधि छनौट हुनेछन्।

यसबीचमा हिजो गण्डकी प्रदेश कमिटिलगायत केही जिल्लामा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।

एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।

हिजो शुक्रबार मात्रै महाधिवेशन मूल व्यवस्थापन कमिटीले नारा र लोगो सार्वजनिक गरेको थियो।

शुक्रबारै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यो महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् ।

महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने भन्दै उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएकोसमेत बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ४९ बजे

तुर्कमेनिस्तान भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको  भ्रमण पूरा गरी आज

मन्टेश्वरीमा बालबालिकाको हेरचाह कसरी हुन्छ ?

२० औं शताब्दीमा इटालीबाट सुरु भएको मन्टेश्वरी शिक्षा अहिले नेपाललगायत

भारतको उत्तराखण्डमा बाढीले गरेकाे क्षतिप्रति प्रधानमन्त्री ओलीबाट चिन्ता व्यक्त

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले पुर्‍याएकाे क्षतिप्रति

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– सप्तरीमा करेन्ट लागेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको