महाधिवेशनका लागि एमालेले आज देशभरबाट १‚९९९ प्रतिनिधि छान्दै « Khabarhub

महाधिवेशनका लागि एमालेले आज देशभरबाट १‚९९९ प्रतिनिधि छान्दै


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन गर्दैछ ।

यही मंसीर १०, ११ र १२ गते चितवनमा हुने महाधिवेशनका लागि १‚९९९ जना प्रतिनिधि छनौट हुनेछन्।

यसबीचमा हिजो गण्डकी प्रदेश कमिटिलगायत केही जिल्लामा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।

एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।

हिजो शुक्रबार मात्रै महाधिवेशन मूल व्यवस्थापन कमिटीले नारा र लोगो सार्वजनिक गरेको थियो।

शुक्रबारै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यो महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् ।

महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने भन्दै उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएकोसमेत बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ४९ बजे

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा