शाओमी नेपालले ल्यायो शाओमी प्याड ५ « Khabarhub

शाओमी नेपालले ल्यायो शाओमी प्याड ५


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले ‘शाओमी प्याड ५’ को लन्च गर्दै शाओमी प्याडको सिरिज विस्तार गरेको छ ।

प्रयोगकर्ताहरूको अनुभवका आधारमा स्तरीकरण गर्न शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लिक प्याड रहेकोले यसले उत्कृष्ट सौन्दर्य प्रदान गर्ने शाओमी नेपालले जनाएको छ ।

शाओमी प्याड ५ ले ट्रु टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्री प्रस्तुत गर्दछ ।

लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी शाओमी प्याड ५ एक अल–इन–वान अनकूल ट्याब्लेट रहेको र आवश्यकता अनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा कार्य गर्ने बताए ।

उनका अनुसार शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृष्यको अनुभव दिन्छ ।

शाओमी प्याड ५ मा द्रुत फोटो खिच्ने ८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको एकल क्यामेराको रहेको छ । ब्याक क्यामेराको साथ डक्युमेन्टहरु सजिलै स्क्यान गरेर पठाउन सकिन्छ । लचिलोपन, स्केच वा टिपोट लिन शाओमी स्मार्ट पेनको मजा लिन सकिन्छ ।

शाओमी प्याड ५ को इमर्सिभ ११–इन्चको डिस्प्लेले उत्कृष्ट दृश्य प्रस्तुत गर्छ । यसले उज्यालो सूर्यको प्रकाशमा पनि स्पष्ट, तीखा छविहरू हेर्न मद्दत गर्छ ।

शाओमी प्याड ५ हल्का, स्लिम डिजाइन फिचर गर्ने एक स्टाइसि उपकरण हो । हाल दुई फरक मूल्य ४९ हजार ९९९ रुपैयाँ र ४४ हजार ९९९ रुपैयाँमा काक्ति २१ गते नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ३७ बजे

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

बागमती– हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन

वर्षापछि माइतीघर क्षेत्र जलमग्न (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। आइतबार

शिक्षामन्त्रीलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत

चितवन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई आइतबार चितवनमा विद्यार्थीहरूले

यी कुराले भन्छन् बालेनले स्वर्णिमलाई आफ्नो टिममा राख्न चाहेका थिएनन्

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हटाउन

भारी वर्षाले काठमाडौं जलमग्न (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग क्षेत्र