शाओमी नेपालले ल्यायो शाओमी प्याड ५ « Khabarhub

शाओमी नेपालले ल्यायो शाओमी प्याड ५


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले ‘शाओमी प्याड ५’ को लन्च गर्दै शाओमी प्याडको सिरिज विस्तार गरेको छ ।

प्रयोगकर्ताहरूको अनुभवका आधारमा स्तरीकरण गर्न शाओमी प्याड ५ एक उच्च प्रदर्शन प्रदान गर्ने स्लिक प्याड रहेकोले यसले उत्कृष्ट सौन्दर्य प्रदान गर्ने शाओमी नेपालले जनाएको छ ।

शाओमी प्याड ५ ले ट्रु टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२० एमएएचको उच्च क्षमताको ब्याट्री प्रस्तुत गर्दछ ।

लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी शाओमी प्याड ५ एक अल–इन–वान अनकूल ट्याब्लेट रहेको र आवश्यकता अनुसार कार्यस्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा कार्य गर्ने बताए ।

उनका अनुसार शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृष्यको अनुभव दिन्छ ।

शाओमी प्याड ५ मा द्रुत फोटो खिच्ने ८ एमपीको फ्रन्ट क्यामेरा र १३ एमपीको एकल क्यामेराको रहेको छ । ब्याक क्यामेराको साथ डक्युमेन्टहरु सजिलै स्क्यान गरेर पठाउन सकिन्छ । लचिलोपन, स्केच वा टिपोट लिन शाओमी स्मार्ट पेनको मजा लिन सकिन्छ ।

शाओमी प्याड ५ को इमर्सिभ ११–इन्चको डिस्प्लेले उत्कृष्ट दृश्य प्रस्तुत गर्छ । यसले उज्यालो सूर्यको प्रकाशमा पनि स्पष्ट, तीखा छविहरू हेर्न मद्दत गर्छ ।

शाओमी प्याड ५ हल्का, स्लिम डिजाइन फिचर गर्ने एक स्टाइसि उपकरण हो । हाल दुई फरक मूल्य ४९ हजार ९९९ रुपैयाँ र ४४ हजार ९९९ रुपैयाँमा काक्ति २१ गते नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ३७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल