एक पटक एउटा गरिब किसानले गौतम बुद्धलाई आफ्नो गाउँमा आउनको लागि ओइरो लागे तर त्यसै दिन बुद्धलाई गाउँमा बोलाउने किसानको गोरुको जोडी कतै हरायो । किसान अब दुबिधामा फस्यो ।
ऊ आफैले बोलाएर आएका महात्मा बुद्धको प्रवचन सुन्न जाने या आफ्नो गोरु खोज्ने । धेरै सोचेपछि उसले आफ्नो गोरु नै खोज्ने निर्णय गर्यो ।
घण्टौँ खोजेपछि उसले गोरु भेट्टायो । थाकेको किसान साँझमा घर आइपुग्यो र खाना खाएर सुत्यो ।
अर्को दिन ऊ सङ्कोच मान्दै बुद्धलाई भेट्न गयो । बुद्धले उनको समस्या बुझे र भने, मेरो दृष्टिमा यो किसान नै मेरो सच्चा अनुयायी हो । यसले उपदेशलाई भन्दा धेरै कर्मलाई महत्त्व दियो ।
यदि हिजो यो आफ्नो गोरु नखोजेर मेरो प्रवचन सुन्न आउँथ्यो भने यसले मेरो कुरा बुझ्ने थिएन, किनकि यसको मन अन्तै कतै भट्किरहेको हुन्थ्यो । यसले कर्मलाई महत्त्व दिएर सराहनीय कार्य गर्यो ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया