एमाले महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड « Khabarhub

एमाले महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड

२८ कोटामा २०६ जनाको उम्मेदवारी


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ ।

त्यसका लागि एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । चितवनबाट महाधिवेशनमा २८ जना प्रतिनिधि जानुपर्नेमा सात गुणा बढीको मनोनयन पत्र दर्ता भएको छ । एमाले महाधिवेशन स्थलमै प्रतिनिधि हुन तछाड मछाम देखिएको छ ।

२८ जना प्रतिनिधिको लागि २०६ जनाको मनोनयन पत्र दर्ता भएको एमाले चितवनले जनाएको छ । एमालेकाअनुसार महाधिवेशन प्रतिनिधिका लागि चितवन निर्वाचन क्षेत्र नं १ बाट १० जना, क्षेत्र नं २ बाट ९ जना, क्षेत्र नं ३ बाट सात जना र समग्र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनाको कोटा रहेको छ ।

शनिबार भएको मनोनयन पत्र दर्तामा भने क्षेत्र नं १ मा ६५ जना, क्षेत्र नं २ मा ७० जना, क्षेत्र नं ३ मा ६० जना र दलित तथा उत्पीडन क्षेत्रबाट ११ जनाको उम्मेदवारी दर्ता भएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । ‘महाधिवेशन प्रतिनिधिका लागि धेरैले इच्छा देखाउनु भएको छ । धेरैको मनोनयन दर्ता भएको छ । समझदारी जुटाएर प्रतिनिधि छनोट गर्नका लागि हामी छलफलमा छौँ,’ उनले भनिन् ।

आवश्यकभन्दा अत्यधिक बढीको मनोनयन पत्र दर्ता भएपछि नेताहरु समझदारी जुटाएर प्रतिनिधि छनोट गर्ने कार्यमा लागेका छन् । दलित तथा उत्पीडन क्षेत्रबाट दुई जनामध्ये शिवकुमारी गोतामे छनोट भइसकेकी छन् । बाँकी एक जना छनोटका लागि छलफल भइरहेको छ ।

निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि चयनको लागि छलफल भइरहेको सम्बन्धित क्षेत्रका प्रतिनिधि छनोट समितिका संयोजकले बताएका छन् ।

क्षेत्र नं ३ मा आइतबार बिहानसम्ममा प्रतिनिधि चयनको काम सम्पन्न हुने देवी ज्ञवालीले जानकारी दिए । क्षेत्र नं १ र २ मा पनि समझदारी जुटाएर प्रतिनिधि छनोट गर्न नेताहरु लागि परेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ३८ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली