बाढीले पुल बगाएपछि काठबाट ओहोर-दोहोर « Khabarhub

बाढीले पुल बगाएपछि काठबाट ओहोर-दोहोर


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका-६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् । न्वाघरी गाड नदीमा बनाइएका आरसीसी पुल बाढीले बगाएपछि स्थानीयहरूले २ ओटा काठेपुल निर्माण गरेका हुन् ।

नदीबाट आवतजावत गर्नका लागि तत्काल अन्य व्यवस्था नभएकाले नदीमाथि काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका ६ का स्थानीय डम्मर साउँदले जानकारी दिए । विद्यार्थीहरूको विद्यालय जाने बाटोको पुल बगाएपछि स्थानीयहरूले काठेपुल निर्माण गरेको उनले बताए ।

उनले भने, ‘कात्तिक पहिलो साता परेको अविरल वर्षाले आरसीसी पुल बगाएपछि आवतजावतमा निकै समस्या हुन थाल्यो । बालबालिकाहरूलाई विद्यालयमा जान समेत समस्या भएपछि पुल निर्माण गरेका हौं ।’

नदीमा आएको बाढीले दुई ठाउँमा भएको आरसीसी पुल बगाएपछि स्थानीयहरूले दुवै ठाउँमा काठेपुल निर्माण गरेका स्थानीयसमेत रहेका शिक्षक पदम साउँदले बताए । उनले भने, ‘वडा नम्बर ७ का विद्यार्थीको गणेश माविमा आउने बाटोमा पर्ने पुल बगाएपछि स्थानीयहरूले मिलेर काठेपुल निर्माण गरेका छन् । अहिले सोही पुलबाट आवतजावत भइरहेको छ ।’

गणेश माविमा अध्ययनरत बालबालिका र पढाउने शिक्षकहरूलाई न्वाघरी नदीमा पुल नहुँदा विद्यालय पुग्न मुस्किल भएपछि पुल निर्माण गरिएको सिगास गाउँपालिकाका-७ का शंकरदत्त अवस्थीले बताए । उनले भने, ‘यो नदीमा पुल नहुँदा हामीलाई पालिकासम्म जानसमेत समस्या थियो । त्यसैले हामीले तत्कालका लागि काठेपुल निर्माण गरेका हौं ।’

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ४२ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी