भारतीय पुलिस एकेडेमीको तालिममा सहभागी तीन नेपाली प्रहरी अधिकृत पुरस्कृत « Khabarhub

भारतीय पुलिस एकेडेमीको तालिममा सहभागी तीन नेपाली प्रहरी अधिकृत पुरस्कृत


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपीएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षकहरु अनिल थापा, किरण रावत र सिमोन धिताल रहेका छन् । थापालाई द बीएसएफ ट्रफी फर प्रोफेन्सी आउटडोर सब्जेक्ट, रावतलाई द जयपुर कप फर पीटी फर जेन्टलमेन प्रोबेसिनर्स र धिताललाई द जयपुर कप फर पीटी फर लेडी प्रोबेसिनर्स उपाधीसहित पुरस्कृत गरिएको हो ।

सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शुक्रबार सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो । सन् २०२० डिसेम्बर २८ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु किरण रावत, अनिल थापा, सुवास खतिवडा, होम नाथ रेग्मी र सिमोन धिताल गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : ४४ बजे

‘विकल्प नै खोजिएको हो भने नेतृत्व र नीति दुवैमा कांग्रेस नयाँ भएर आएको छ’

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा

सुनसरी र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राईसमेत

सङ्खुवासभामा निर्वाचन तयारी तीव्र : आठ मतदानस्थल अति संवेदनशील

किमाथाङ्का– आसन्न निर्वाचन अन्तर्गत यहाँका आठ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएकोे

हंगेरी पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी

ताप्लेजुङ पुगेर प्रधानमन्त्रीले भनिन्- सबै मिलेर निर्वाचनलाई सफल बनाउनुपर्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सबै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल