राजनीति

कपिलवस्तुबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

By खबरहब

November 13, 2021

कपिलवस्तु– नेकपा एमाले केन्द्रीय महाधिवेशनका लागि कपिलवस्तुबाट प्रतिनिधि चयन भएका छन् । जिल्लामा रहेका ३ निर्वाचन क्षेत्रबाट १८ महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

क्षेत्र नम्बर १ बाट दुई महिलासहित आठ जना प्रतिनिधि चयन भएका छन् । जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्राम थारु, प्रदेश सभा सदस्य विष्णु पन्थी, डम्मर शर्मा, प्रभा पौडेल, विश्व कार्की, घर वरण यादव र शान्ता पाण्डे सर्वसम्मत चयन भएका हुन् ।

यसै गरी क्षेत्र नम्बर २ बाट एक महिलासहित ४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्ला उपाध्यक्ष बाबुराम खनाल, आजाद अहमद दर्जी, टेकराज पौडेल र लक्ष्मी न्यौपाने चयन भएको बताइएको छ ।

क्षेत्र नम्बर ३ बाट एक महिलासहित ४ जना सर्वसम्मत छनोट भएका छन् । उपेन्द्र खनाल, टोपलाल पोख्रेल, मोहम्मद मुस्तफा र कमला भुसाल चयन भएका छन् । दलिततर्फ चन्द्र बहादुर गहतराज र शान्तिदेवी हरिजन चयन भएका छन् ।