सत्यजितको नेतृत्वमा क्रिकेट अम्पायर्स एन्ड स्कोररर्स एशोसिएशन | Khabarhub Khabarhub

सत्यजितको नेतृत्वमा क्रिकेट अम्पायर्स एन्ड स्कोररर्स एशोसिएशन


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्यजित सरकारको नेतृत्वमा क्रिकेट अम्पायर्स तथा स्कोररर्स एशोसिएशन अफ नेपालको कार्यसमिति चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न एशोसिएशनको पहिलो अधिवेशनबाट ४४ मत ल्याएर सरकार अध्यक्षमा निर्वाचिनत भएका छन् । अध्यक्षका अर्का प्रत्याशी रूपन्देहीकै मोहम्मद सफिक (समीर खान) ले २२ मत प्राप्त गरेका थिए ।

लक्ष्मणनाथ योगी ४३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेवलाल कर्णले २३ मत प्राप्त गरे । सचिवमा ३४ मत प्राप्त गरी मनोहर अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धी मेहबुब रेजा राइनले ३२ मत प्राप्त गरे ।

तीन पदमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत भएको थियो । कोषाध्यक्षमा हिमालराज गिरी निर्वाचित भए । सदस्यमा मांगीलाल शर्मा, नीरजकुमार सिंह, सुरजरत्न शाक्य, सञ्जयकान्त सिग्देल, मञ्जुल भट्टराई, महेश बोहरा चुनिएका छन् । महिला सदस्यमा सुनिता नेपाली चुनिइन् ।

क्रिकेट अम्पायर्स तथा स्कोररर्स एशोसिएशन अफ नेपाल यसअघि तदर्थ समितिमा रहेको थियो । बुद्धिबहादुर प्रधान तदर्थ समितिका अध्यक्ष थिए । दुई दिने साधारणसभा र अधिवेशनबाट सरकारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको कार्यकाल चारवर्षको हुनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ९ : ४० बजे

ज्वाङखोला पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु 

काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनु पर्छ

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले

तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा

चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई

महासचिवको प्रस्तावमा माओवादी नेताहरूको आपत्ति, बैठकको सुरूमै विरोधमा उत्रिए

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट