यात्रा साहित्यमा शक्तिशाली एक कृति « Khabarhub

यात्रा साहित्यमा शक्तिशाली एक कृति


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेशप्रसाद भट्टराईले पुस्तक देखाउँदै भने, ‘डोमेस्टिक ट्राभलमा यति शक्तिशाली पुस्तक मैले पढेको छैन ।’

कुरा राजेन्द्रमान डङ्गोलकृत ‘पैतालमा हिउँ आँखामा हिमाल’ नामको नियात्रा सङ्ग्रहको हो । प्राडा भट्टराई शनिबार उक्त सङ्ग्रह सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए ।

प्राडा भट्टराईका दृष्टिमा नेपालको पर्यटन र यात्रा साहित्यमा यो विश्वस्तरीय कृति हो । उनले उक्त कृतिलाई ‘पर्यटन र साहित्यको उत्कृष्ट अन्तक्रिया’ का रूपमा प्रस्तुत गरे ।

उनका अनुसार ‘पैतालमा हिउँ आँखामा हिमाल’ मा सौन्दर्य सृष्टिको भरपूर चेतना छ जसले पाठकलाई अन्त्यसम्मै एकोहोरो बनाएर तानिरहन्छ । उनका विचारमा उत्कृष्ट साहित्य नै यही हो । यो पुस्तकमा पाठकले दृष्टि, स्वाद, गन्ध र स्पर्स चारै गुण अनुभव गर्छन् ।

प्राडा भट्टराईका अनुसार उनले ‘पैतालमा हिउँ आँखामा हिमाल’ निकै मिहिन ढङ्गले पढे । उनलाई लाग्यो कि राजेन्द्रमानले लेखकीय सार्थकताको सिद्धि प्राप्त गरेका छन्, उनी उत्कृष्ट सर्जक हुन् । उनले पुस्तकमा पर्यटन भेटे; प्रकृति, समाज, संस्कृति, स्थानविवरण, साहस सबै भेटे । सौन्दर्यशास्त्र भेटे ।

त्यसैले प्राडा भट्टराईले निष्कर्ष सुनाए– पाठकीय अभिप्रेरणा यो पुस्तकको शक्तिशाली पक्ष हो ।

त्रिभुवन विश्वविद्यालयका अर्का प्राध्यापक तथा समीक्षक राम लोहनीले समीक्षात्मक टिप्पणीमा ‘यात्रा साहित्यको शानदार र उत्कृष्ट सङ्ग्रह’ भनेर प्रशंसा गरे । उनका अनुसार लेखनशैली काव्यात्मक छ, अभिव्यक्ति कला सशक्त र सुन्दर छ, लेखनमा शरीर र मनले गर्ने अनुभूतिहरू व्यक्त छन् ।

लेखकमा भरपूर राजनीतिक चेतना छ । अभिव्यक्तिमा व्यङ्ग्यचेत र हास्यचेत छ । प्रस्तुतिमा कथ्य, किम्बदन्ती र ऐतिहासिक तथ्यहरू छन् । वर्णनमा समाज छ, संस्कृति र प्रकृति छ । अधिकांश वाक्यहरू उद्धरणलायक छन् ।

प्रा. लोहनीको निष्कर्षअनुसार ‘पैतालमा हिउँ आँखामा हिमाल’ पदयायात्रामा जानेहरूका लागि हाते पुस्तक हो, ट्रेकिङ व्यवसायीहरूका लागि व्यावसायिक मार्गदर्शन हो, साहित्यकार र साहित्यका पाठकहरूका लागि उत्कृष्ट कृति हो ।

प्रा. लोहनीका विचारमा अभिव्यक्तिमा यति सशक्त भईकन पनि कृतिमा केही कमीकमजोरी छन् । केही ठाउँमा ऐतिहासिक तथ्यमा गल्ती भएको छ, बदलिँदो सामाजिक दृष्टिमा केही अनुपयुक्त वाक्यहरू परेका छन् र केही ठाउँमा अतिरञ्जना पनि छ ।

अर्को कृतिमा यस्ता कमीकमजोरीहरू सुधार हुने प्रा. लोहनीको अपेक्षा छ ।

अर्का लेखक तथा समीक्षक श्रीओम श्रेष्ठ रोदनका विचारमा ‘अलेखकहरू सौखिन लेखक’ बन्ने लहर चलेका बेला राजेन्द्रमानको ‘पैतालामा हिउँ र आँखामा हिमाल’ ले उत्कृष्ट ठानिएका केही नियात्रा सङ्ग्रहरूलाई धेरै पछाडि पारिदिएको छ ।

रोदनले लेखनलाई काव्यले रङ्गाएको र अनुभूतिले सजाएको उत्कृष्ट कृति दिएको भन्दै राजेन्द्रमानको अभिव्यक्तिकलाको मुक्त कण्ठले प्रशंसा गरे ।

उनले आफ्नो निष्कर्ष सुनाए– पुस्तकमा समाजशास्त्रीय दृष्टि छ, भाषाशैली अत्यन्त सरल छ, शोध–अनुसन्धानका लागि उपयोगी छ । यो सङ्ग्रह पढेर नेपाली पाठकमात्रै होइन, राजेन्द्रमानसँग यात्रामा जोडिएर आएका विदेशहरू पनि धन्य हुनेछन् ।

प्रसिद्ध नियात्राकार दामोदर पुडासैनी किशोरका विचारमा यात्रा लेख्नु जीवन लेख्नु हो, राजेन्द्रमानले जीवन लेखेका छन् । कमजोर नियात्रा साहित्यको बाढीमा ‘पैतालमा हिउँ आँखामा हिमाल’ विशिष्ट शैलीको कृति हो ।

उनले प्रा. लोहनीलाई जावफ दिने शैलीमा लेखको शीर्षक लेखकले नै रोज्नुपर्ने, समालोचकको पछि लाग्न नहुने र कसैको आदेश पालना गर्न आवश्यक नहुने बताए ।

यसअघि प्रा. लोहनीले केही शीर्षक नियात्रा अनुकूल नभएको भन्ने टिप्पणी गरेका थिए । किशोरले ओशो र उनका एक शिष्यका बीच भएको संवादको एउटा प्रसङ्ग प्रस्तुत गर्दै आफ्नो तर्क पुष्टि गर्ने प्रयास गरे । उनी विश्वविद्यालयका प्राध्यापकहरूप्रति पनि असन्तुष्ट देखिए ।

प्राडा भट्टराई पनि शीर्षकबारे किशोरसँग सहमत देखिए । उनले कक्षाकोठाको सैद्धान्तिक पक्ष र लेखकले विस्तार गर्दै लगेको परिधिबारे प्रष्ट पार्दै किशोरको असन्तुष्टि सम्बोधन गर्ने प्रयास गरे ।

प्राध्यापक तथा साहित्यकार गार्गी शर्माले राजेन्द्रमानको लेखनकलाको प्रशंसा गर्दै आफूलाई मन परेका केही विशेषणहरू उद्धृत गरिन् ।

दीपक महतका विचारमा ‘पैतालामा हिउँ आँखामा हिमाल’ अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्वभर फैलाउनु पर्छ ।

अर्का वक्ता विक्रम पाँणेले कृतिले राजेन्द्रमानको मान बढाएको बताउँदै भविष्यमा उनको जन्मघर र जन्मस्थान साहित्यिक पर्यटनको थलो हुने विश्वास प्रकट गरे ।

कृतिमा ११ वटा मूल शीर्षकअन्तर्गत स्वतन्त्र शीर्षकसहित ३१ वटा यात्रा निबन्ध समेटिएका छन् । कृति भन्डै चार सय पृष्ठको छ ।

लेखक राजेन्द्रमान पेसाले पर्यटन व्यवसायी हुन् । उनी नियात्रा लेख्छन् । नियात्रामा यो उनको दोस्रो कृति हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : ३८ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने