फ्रड स्मिथ सफलता « Khabarhub

फ्रड स्मिथ सफलता


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेडल एक्सप्रेसका संस्थापक फ्रेड स्मिथले ‘ओवरनाइट प्याकेट डेलिभरी’ सुरु गरे जसले संसारभरिका कम्पनी र अफिसको काम सजिलो बनाइदियो ।

स्मिथको सफलताको कहानी एकदमै प्रेरणादायक छ । जन्मजातै उनको हड्डी विकृत थियो । यसकारण उनले बाल्यकालमा वैशाखीको सहारा लिएर हिँड्नुपर्‍यो । उनी चार वर्षको हुँदा उनका पिताको मृत्यु भयो । फेडरल एक्सप्रेस सुरु गर्दा फ्रेडले आफ्नो सम्पूर्ण पुँजी दाउमा लगाए । यो एकदमै ठुलो जोखिम थियो । पाँच वर्षसम्म उनको कम्पनी टाट पल्टिने अवस्थामा गुज्रियो । एकपटक त उनीसँग कर्मचारीहरुलाई तलब दिने पैसा पनि थिएन । यस्तो आपत्मा परेका फ्रेड लसभेगस गए र आफ्नो सारा पैसा जुवाको दाउमा लगाएर ३६ हजार जितेर ल्याए ताकि कर्मचारीहरुलाई तलब दिन सकियोस् ।

१९७० को दशकका ती काला दिनहरुमा फ्रेडले आफ्ना कर्मचारीहरुसँग कम्पनीले उनीहरुलाई तलब दिने स्थितिमा नभए पनि कम्पनी नछाड्न आग्रह गरे । केही कर्मचारीहरु त फ्रेड प्रति यति निष्ठावान् थिए कि उनीहरुले कम्पनीलाई उकास्न आफ्ना घडि र गहना पनि बेचे । एक जीवनी लेखकले भनेका छन् ‘फेडरल एक्सप्रेस एक चमत्कार हो । यो २० औँ शताब्दीको महान् व्यावसायिक गाथा हो ।’

फ्रेडले अरुले नदेखेको अवसरलाई देखे । बिजनेसको क्षेत्रमा द्रुत गतिमा चिठी पत्र र पार्सल पुर्‍याउने माध्यमको आवश्यकता भएको अनि यसमा नै व्यावसायिक सम्भावना भएको कुरा फ्रेडले पत्ता लगाए किनभने यो हरेकको आवश्यकता थियो । अमेरिकी हुलाक विभागले यो अवसर देख्न सकेन किनकि योसँग त्यति दूर दृष्टि थिएन । अहिले फेडरल एक्सप्रेसको १० अरबभन्दा बढीको व्यापार छ । फ्रेड स्मिथले जोखिम लिने साहस गर्नाले नै यो सब सम्भव भयो ।

साभार : ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ३९ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा