पार्टीको महाधिवेशनमा रामचन्द्र पौडेलले मतदान नगर्ने « Khabarhub

पार्टीको महाधिवेशनमा रामचन्द्र पौडेलले मतदान नगर्ने


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।

संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएका पौडेलले मतदानमा समेत नगर्ने भएका हुन् ।

पौडेलले मतदानका लागि नजाने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

यसअघि आफूलाई सहयोग गर्न आग्रह गर्दै आफ्नैनिवास आएका सभापतिका उम्मेदवार शेरबहादुर देउवासँगको भेटमा पनि पौडेलले तटस्थ बस्ने बताएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : २३ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६