कांग्रेस महाधिवेशन : मतदान गर्न देउवा राष्ट्रिय सभा गृहमा | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : मतदान गर्न देउवा राष्ट्रिय सभा गृहमा


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान शुरू भएको छ ।

मतदान गर्न प्रधानमन्त्री एवं बहालवाला सभापति शेरबहादुर देउवा मतदानस्थल राष्ट्रिय सभा गृहमा पुगेका छन् ।

देउवा प्यानलसहित सभापतिका उम्मेदवार बनेका छन् । उनलाई डा.शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरूङले सभापतिमा चुनौती दिएका छन् ।

बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान थालिएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान शुरू भएको हो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : ५५ बजे

सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बटलर, बेथेल र ज्याक्सले आईपीएलको प्ले अफ गुमाउने

काठमाडौं– जोस बटलर, ज्याकोब  बेथेल  र विल जयाक्सले यस सिजनको

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं– आज २०८२ साल वैशाख ३१ गते बुधबार । जेठ

आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल

काठमाडौं- आज २०८२ साल वैशाख ३१ गते बुधबार । जेठ