कांग्रेस महाधिवेशन : मतदान गरेर राष्ट्रिय सभा गृहबाट बाहिरिए देउवा | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : मतदान गरेर राष्ट्रिय सभा गृहबाट बाहिरिए देउवा


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान जारी छ ।

कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै शुरू भएको मतदानमा सभापतिका उम्मेदवारहरूले पनि मतदान गरेका छन् ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान गरेर राष्ट्रिय सभा गृहबाट १२: ४५ मा बाहिरिएका छन् । ढिला गरी मतदानस्थल पुगेका उनले करिव एक घण्टा  प्रतिनिधिहरुसँग भोट पनि मागेका छन् ।

देउवा प्यानलसहित सभापतिको उम्मेदवार बनेका छन् । उनलाई डा.शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरूङले सभापतिमा चुनौती दिएका छन् ।

बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान थालिएको थियो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : ५५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका