शेयर बजारमा ७९ अंकको गिरावट, प्रचण्डको अभिव्यक्तिले लगानीकर्ता निराश « Khabarhub

शेयर बजारमा ७९ अंकको गिरावट, प्रचण्डको अभिव्यक्तिले लगानीकर्ता निराश


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातार घटिरहेको शेयर बजारलाइृ थप नकरात्मक प्रभाव पार्ने सत्ता गठबन्धनको एक महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आयो। जसको प्रभाव सोमबारको शेयर बजारमा परेको छ ।

सोमबार १३ वटै उपसमूहका परिसूचक राताम्मे बन्दा बजार मापक परिसूचक नेप्से ७९.५७ अंकले घटेर २२८१.६७ को बिन्दुमा झरेको छ । प्रचण्डले शनिबार पार्टीको प्रदेश अधिवेशन उद्घाटन गर्नेक्रममा शेयर बजार साम्राज्यवादको विकसित रुप भएको भन्दै पूँजीको लगानी उद्योगमा नभई पूँजीबजारमै हुनु गलत भएको अप्रत्यासित अभिव्यक्ति दिएका थिए ।

गत भदौमा अधिकतम ३१९७ अंकको विन्दु पुगेको नेप्से परिसूचक त्यसयता घटिरहेको छ । राष्ट्र बैंकको नीति, अर्थमन्त्री र गभर्नरको अभिव्यक्तिले नकरात्मक प्रभाव पारिरहेको शेयर बजार प्रचण्डको अभिव्यक्तिले थप पेनिक बनेको छ ।

सोमबार कारोबार सुरु हुनुअघि नै शेयर ब्रोकर नरेन्द्र सिजापतिले प्रचण्डको अभिव्यक्तिको प्रभाव शेयर बजारमा पर्ने अनुमान गरेका थिए । सोमबार भयो पनि त्यस्तै । सोमबार नेप्सेमात्र नभएर राम्रा कम्पनीहरुको बजार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.४७ अंकले घटेर ४३७.५९ को बिन्दुमा पुगेको छ ।

सोमबार २३३ कम्पनीका ९६,७९,०७२ कित्ता शेयर किनबेच हुँदा ३,९९,५६,०४,१७८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै ननलाइफ इन्स्योरेन्स उपसमूहले गुमाएको छ । सो समूहको परिसूचक ५४५.९८ अंकले घटेको छ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : २७ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,