श्रम प्रशासन सुधारमा आइएलओको सहयोग « Khabarhub

श्रम प्रशासन सुधारमा आइएलओको सहयोग


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक सामग्री सरकारलाई हस्तान्तरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा आइएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरे । आइएलओले पाँच वटा मोटरसाइकल, २४ वटा ल्यापटप, प्रिन्टरलगायत सामग्री मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

सहयोग हस्तान्तरण गर्र्दै निर्देशक होवार्डले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने श्रमिकको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दै आएको बताए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित गर्न आइएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद दिए । आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्था अन्तराष्ट्रिय श्रम सङ्गठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आइएलओले विश्वभर काम गर्दै आएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ५० बजे

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन

आज २०८२ साल माघ २३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २३ गते शुक्रबार फागुन

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक