अमेरिकी तल्लो सदनबाट दोस्रो पटक ट्रम्पविरूद्धको महाअभियोग पारित « Khabarhub

अमेरिकी तल्लो सदनबाट दोस्रो पटक ट्रम्पविरूद्धको महाअभियोग पारित


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले दोस्रो पटक महाअभियोग पारित गरेको छ ।

एकै कार्यकालमा दोस्रो पटक महाअभियोग झेल्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् । कार्यकाल सकिन एक हप्ता पनि बाँकी नरहँदा तल्लो सदनबाट पारित भएको यो प्रस्तावलाई माथिल्लो सदन सिनेटले पनि पास गरेमा उनको बहिर्गमन लज्जास्पद हुनेछ ।

सिनेटमा दुई तिहाइ मतले पारित भएमा ट्रम्प राष्ट्रपति पदबाट जनवरी २० अगावै बर्खास्त हुनेछन् । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइनडेनले सत्ता सम्हाल्दै छन्।

ट्रम्पविरुद्ध यही जनवरी ६ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) भित्र भएको हिंसाको उक्साहटको अभियोग लगाइएको छ । क्यापिटल हिलमा भएको सो हमलामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

डेमाक्र्याटिक पार्टीका सांसदले गत सोमबार तल्लो सदनमा दर्ता गरेको महाभियोग प्रस्तावलाई २३२ मतले पारित गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पकै पार्टी रिपब्लिकनका १० सांसदले पनि महाभियोगका पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसआधारमा १९७ जना रिपब्लिकन सांसद मात्र महाभियोगको विपक्षमा थिए ।

यसअघि सन् २०१९ डिसेम्बरमा पनि ट्रम्पविरुद्ध महाभियोग लगाइएको थियो । उक्त प्रस्ताव सिनेटबाट अस्वीकृत भएपछि उनी महाभियोगबाट जोगिएका थिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ७ : १८ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६