कोरोनाको मृत्युमा नयाँ रेकर्ड, विश्वभर एकैदिन १६ हजारभन्दा बढीको मृत्यु « Khabarhub

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, विश्वभर एकैदिन १६ हजारभन्दा बढीको मृत्यु


१ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार (२९ पुसमा) १६ हजार १ जनाको मृत्यु भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका छन् ।

बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८५ हजार ३९२ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ४६ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित २ करोड ४४ लाख ८४ हजार ६०७ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ६ करोड ६२ लाख ७६ हजार २३९ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९१५ पुगेको छ ।

त्यहाँ एकैदिन २ लाख ३४ हजार ७९६ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ३६ लाख १४ हजार ६७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९२ लाख ४५ हजार ८३३ छ । २९ हजार २३८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ५ लाख नाघेको भने अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ४३ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका