तीब्र गतिको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै पल्टियो « Khabarhub

तीब्र गतिको बसमा एक्कासी ब्रेक लगाउँदा सडकमै पल्टियो


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको रत्नपार्क भद्रकाली सडक खण्डमा यात्रुबाहक बस बीच बाटोमै पल्टिएको छ ।

तीब्र गतिको बसमा एक्कासी ब्रैक लगाउँदा बस पल्टिएको हो ।

रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको बस दुर्घटना भएको हो । भद्रकाली नजिकैको आकासे पुल नजिकै चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ८ बजे सडकमै उत्तानो परेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीब्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अवस्था गम्भीर छ ।

सडकमै बस पल्टिएपछि केहीबेर सवारी आवागमन प्रभावित भएको थियो । अहिले बसलाई सडकबाट पन्छाएर सवारी सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : २६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु