शंकास्पद लागुऔषधसहित दम्पत्ती पक्राउ « Khabarhub

शंकास्पद लागुऔषधसहित दम्पत्ती पक्राउ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  शंकास्पद लागुऔषधसहित झापाको मेचीनगरबाट दम्पत्ती नै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ब्राउन सुगर जस्तो शंकास्पद लागुऔषधसहित मेचीनगर १ बाहुनडाँगीका २१ वर्षीय सुजन राजपूत र उनकी श्रीमती १८ वर्षीया पूजा राजपूत मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायवउपरीक्षक राकेश थापका अनुसार उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगरजस्तो लिसाईलो बस्तु फेला परेको र थप अनुसन्धान जारी रहेको छ । उनीहरु मेचीनगर १३ चारआलीबाट पक्राउ परेका हुन् ।

लिसाईलो बस्तुको बढ्दो कारोवार

परम्परागत ब्राउनसुगरको साटो झापामा केही समययता लिसाईलो शंकास्पद बस्तुको कारोवार बढेको छ ।

राजपूत दम्पतीबाट मात्र होईन अन्य व्यक्तिहरुबाट पनि यस प्रकारको बस्तु फेला परेपछि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रवक्ता थापाका अनुसार झापाकै बुद्धीशान्ति ३ बाट पनि यस्तै शंकास्पद वस्तु सहित विभिन्न व्यक्ति पक्राउ परेका छन् ।

सो ठाउँका दिनेश कुमालबाट पनि ब्राउनसुगर जस्तै ४ ग्राम लिसाईलो बस्तु बरामद भएको छ । नगद ४ हजार र सो वस्तु सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँका ४३ वर्षीय शेशराज सापकोटाको घर खानतलासी गर्दा पनि त्यस्तै लिसाईलो बस्तु भेटिएको छ ।

कोडिन, नाईट्रोजन लगायतका लागुऔषध सहित उनको घरबाट १० ग्राम शंकास्पद लिसाईलो बस्तु फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेको व्यक्ति र सो शंकास्पद लिसाईलो बस्तुबारे अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १ : ५० बजे

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर

महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित 

काठमाडौं–  देशको राजधानी काठमाडौंका सडकमा असङ्ख्य खाल्डाखुल्डी छिचोल्दै गन्तव्यसम्म पुग्नुपर्ने सवारी

जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

चितवन– गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा