शंकास्पद लागुऔषधसहित दम्पत्ती पक्राउ « Khabarhub

शंकास्पद लागुऔषधसहित दम्पत्ती पक्राउ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  शंकास्पद लागुऔषधसहित झापाको मेचीनगरबाट दम्पत्ती नै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ब्राउन सुगर जस्तो शंकास्पद लागुऔषधसहित मेचीनगर १ बाहुनडाँगीका २१ वर्षीय सुजन राजपूत र उनकी श्रीमती १८ वर्षीया पूजा राजपूत मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायवउपरीक्षक राकेश थापका अनुसार उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगरजस्तो लिसाईलो बस्तु फेला परेको र थप अनुसन्धान जारी रहेको छ । उनीहरु मेचीनगर १३ चारआलीबाट पक्राउ परेका हुन् ।

लिसाईलो बस्तुको बढ्दो कारोवार

परम्परागत ब्राउनसुगरको साटो झापामा केही समययता लिसाईलो शंकास्पद बस्तुको कारोवार बढेको छ ।

राजपूत दम्पतीबाट मात्र होईन अन्य व्यक्तिहरुबाट पनि यस प्रकारको बस्तु फेला परेपछि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रवक्ता थापाका अनुसार झापाकै बुद्धीशान्ति ३ बाट पनि यस्तै शंकास्पद वस्तु सहित विभिन्न व्यक्ति पक्राउ परेका छन् ।

सो ठाउँका दिनेश कुमालबाट पनि ब्राउनसुगर जस्तै ४ ग्राम लिसाईलो बस्तु बरामद भएको छ । नगद ४ हजार र सो वस्तु सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँका ४३ वर्षीय शेशराज सापकोटाको घर खानतलासी गर्दा पनि त्यस्तै लिसाईलो बस्तु भेटिएको छ ।

कोडिन, नाईट्रोजन लगायतका लागुऔषध सहित उनको घरबाट १० ग्राम शंकास्पद लिसाईलो बस्तु फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेको व्यक्ति र सो शंकास्पद लिसाईलो बस्तुबारे अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १ : ५० बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।