आज नेकपाको दुवै समूहको स्थायी कमिटी बैठक बस्दै | Khabarhub Khabarhub

आज नेकपाको दुवै समूहको स्थायी कमिटी बैठक बस्दै


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षले स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् ।

ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ ।

कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।

प्रतिमन विरुद्धको आन्दोलनको समीक्षाका साथै सांगठानिक विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको जानकारी दिँदै भट्टराईले आज अन्य महत्वपूर्ण विषयमा पनि छलफल हुने बताए ।

त्यस्तै ओली पक्षका नेता सुवास नेम्वाङले बालुवाटारमा समसामयीक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  २ : १६ बजे

ट्रम्पले गभर्नरलाई दिए राजीनामा दिन निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको