ओलीको 'तानाशाही प्रवृत्ति'ले सिंगो मुलुक संकटमा : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

ओलीको ‘तानाशाही प्रवृत्ति’ले सिंगो मुलुक संकटमा : अध्यक्ष नेपाल


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिका कारण सिंगो मुलुकले संकट भोग्नु परेको आरोप लगाएका छन् ।

बिहीबार नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओलीले भनेको कुरा नमान्नु नै आफूहरुको अपराधजस्तो भएको भएको बताए ।

उनले ओलीको तानाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको आरोप लगाए ।

ओली बदलाको भावनाबाट अघि बढ्ने र अलोकतान्त्रिक चरित्र भएको उनले आरोप लगाए । ‘संवैधानिक कू’ भएका बेला चुनावको अर्थ नभएको बताउँदै उनले वैशाखमा चुनाव हुनै नसक्ने जिकिर गरे ।

नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए ।

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नरहेको र हुँदै नभएको धारा राखेर विघटन गरिएको आरोप उनले लगाए । उनले अदालतले ओलीको कदम सच्चाउने विश्वास समेत व्यक्त गरे ।

उनले आफू र प्रचण्ड रहेको पार्टी नै आधिकारिक रहेको दाबी गरे । ‘जबज’ आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप उनले लगाए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ४ : ५२ बजे

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना