अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका कर्मचारी पक्राउ | Khabarhub Khabarhub

अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोतका कर्मचारी पक्राउ


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भन्नुभयो, “पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।” प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ५ : १५ बजे

मेसीको क्लब मियामीविरुद्ध पिएसजीको चार गोल

काठमाडौं – लियोनल मेसीको क्लब इन्टर मियामीविरुद्ध पेरिस सेन्ट जर्मन

प्रधानमन्त्री ओली स्पेनका नरेशले गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार