गायक सपुतलाई आदर्श विशेष सम्मान « Khabarhub

गायक सपुतलाई आदर्श विशेष सम्मान


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ ।

बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरेको हो ।

सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान आज प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ ।

सपुतलाई नगद रु २५ हजार राशिसहित समारोहका प्रमुख अतिथि निर्वतमान सङ्घीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गरेका थिए ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिए ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’,लगायतका गीत लोकप्रिय छन् ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ८ : ५४ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको