मुखमा ‘कालो मास्क’ र निधारमा ‘कालो पट्टी’ बाँधेर संसद विघटनको विरोध (भिडियोसहित) « Khabarhub

मुखमा ‘कालो मास्क’ र निधारमा ‘कालो पट्टी’ बाँधेर संसद विघटनको विरोध (भिडियोसहित)


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भ्रातृसंगठन विद्यार्थी संघले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघले काठमडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो परिहन लगाएका थिए ।

युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरैचोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएको भन्दै विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : ४१ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र