विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १० हजार ९० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ४ हजार ६२ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ९६ हजार ३३ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ३८ हजार ६४७ जना, भारतमा १ लाख ५५ हजार ६७३ जना, रूसमा ७९ हजार ६९६ जना, बेलायतमा १ लाख १६ हजार ९०८ जना, फ्रान्समा ८१ हजार ६४७ जना, इटालीमा ९३ हजार ३५६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ७० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ९० लाख ८८ हजार ४१२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड १२ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजार ८४८ जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५४ लाख २२ हजार ७२१ छ । यसमध्ये ९८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : ०६ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक