कर्णालीमा पहिलो चरणमा छुटेकालाई खोप लगाइँदै « Khabarhub

कर्णालीमा पहिलो चरणमा छुटेकालाई खोप लगाइँदै


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आज लगाउन थालिएको छ ।

स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार ३६० जनाले विभिन्न कारणले खोप लगाएका थिएनन् । प्रदेश स्वास्थ्य निर्देशक डा रबिन खड्काले छुटेकालाई दोस्रो चरणको अभियानअन्तर्गत पहिलो दिन अर्थात् आज खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणका लागि २० हजार जनालाई पुग्ने खोप माग गरिएको छ । ‘पहिलो चरणमा मौज्दात रहेको खोप लगाउँदैछौँ, केन्द्रबाट आइपुगेको छैन्’, निर्देशक डा खड्काले भने, ‘दुई मात्रामा लगाउनुपर्ने हुँदा मौज्दात छ, तत्काल मौज्दात रहेकै खोप लगाउँछौँ ।’

दोस्रो चरणमा खोप केन्द्र पनि बढ्ने बताइएको छ । जनशक्तिको व्यवस्थापन गरेर स्थानीय तहसम्म पुगेर खोप अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

कर्णालीमा पहिलो चरणमा नौ हजार ४२० जना अर्थात् ८२ प्रतिशतले मात्र यो खोप लगाएका थिए । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा सरसफाइकर्मी, एम्बुलेन्स चालक, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको थियो ।

यसैबीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गर्दैछ ।

दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई प्रदेश अस्पताल कालागाउँबाट निःशुल्क कोरोना खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले बताए ।

नगरपालिकाले पहिलो चरणमा छुटेका, स्थानीय तहका जनप्रतिनिधि, नगरका निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय समूहका कर्मचारी (अदालत, वकिल) र पत्रकारलाई यही फागुन ८ गतेसम्म खोप लगाउन मिति निर्धारण गरेको छ ।

यो खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्दछ । माघ १४ गतेबाट पहिलो चरणको खोप लगाउन थालिएको थियो । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएसँगै खोप लगाउन थालिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : ५६ बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार