‘क्याप्टेन मार्भल २’मा जावी भिलेन « Khabarhub

‘क्याप्टेन मार्भल २’मा जावी भिलेन


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–च्यानल फोर कमेडी ड्रामा ‘फ्रेस मिट’ र ‘नट सेफ फर वर्क’ अभिनेत्री जावी अस्टनले मार्भल युनिभर्स फिल्म ‘क्याप्टेन मार्भल २’मा भिलेन चरित्रमा अभिनय गर्ने भएकी छन् । फिल्ममा उनले अभिनेत्री ब्राइ लार्सनसँग द्वन्द्व गर्नेछिन् ।

सन् २०१९ को ब्लकब्लस्टर फिल्म ‘क्याप्टेन मार्भल’को दोस्रो संस्करणलाई निआ डाकोस्टाले निर्देशन गर्नेछिन् । वान्डा भिजन सिरिजको कथा सम्पादक मेगान म्याकडोनेलले स्क्रिप्न लेखेकी छन् ।

भलै फिल्ममा अस्टनको भूमिका के हुने भन्ने नखुले पनि फिल्म निकट स्रोतले भने उनले भिलेनकै चरित्र निर्वाह गर्ने दाबी गरेको छ । फिल्ममा इमान भेलानी र टियोना पेरिसको पनि अभिनय रहनेछ ।

फिल्म ‘क्याप्टेन मार्भल २’ आगामी वर्षको नोभेम्बर ११ मा रिलिज हुँदैछ । महिला सुपरहिरो यो फिल्मले सन् २०१९ मा १ दशमलब १ बिलियन अमेरिकी डलर विश्वव्यापी आम्दानी गरेको थियो । पहिलो संस्करणको फिल्ममा र्यान फ्लेक र अन्ना बोडेनको संयुक्त निर्देशन थियो ।
–एजेन्सी)

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १२ : ४५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५