‘क्याप्टेन मार्भल २’मा जावी भिलेन « Khabarhub

‘क्याप्टेन मार्भल २’मा जावी भिलेन


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–च्यानल फोर कमेडी ड्रामा ‘फ्रेस मिट’ र ‘नट सेफ फर वर्क’ अभिनेत्री जावी अस्टनले मार्भल युनिभर्स फिल्म ‘क्याप्टेन मार्भल २’मा भिलेन चरित्रमा अभिनय गर्ने भएकी छन् । फिल्ममा उनले अभिनेत्री ब्राइ लार्सनसँग द्वन्द्व गर्नेछिन् ।

सन् २०१९ को ब्लकब्लस्टर फिल्म ‘क्याप्टेन मार्भल’को दोस्रो संस्करणलाई निआ डाकोस्टाले निर्देशन गर्नेछिन् । वान्डा भिजन सिरिजको कथा सम्पादक मेगान म्याकडोनेलले स्क्रिप्न लेखेकी छन् ।

भलै फिल्ममा अस्टनको भूमिका के हुने भन्ने नखुले पनि फिल्म निकट स्रोतले भने उनले भिलेनकै चरित्र निर्वाह गर्ने दाबी गरेको छ । फिल्ममा इमान भेलानी र टियोना पेरिसको पनि अभिनय रहनेछ ।

फिल्म ‘क्याप्टेन मार्भल २’ आगामी वर्षको नोभेम्बर ११ मा रिलिज हुँदैछ । महिला सुपरहिरो यो फिल्मले सन् २०१९ मा १ दशमलब १ बिलियन अमेरिकी डलर विश्वव्यापी आम्दानी गरेको थियो । पहिलो संस्करणको फिल्ममा र्यान फ्लेक र अन्ना बोडेनको संयुक्त निर्देशन थियो ।
–एजेन्सी)

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १२ : ४५ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका