संसद विघटनविरुद्धको रिटमा आजदेखि निवेदक पक्षको जवाफी बहस सुरू « Khabarhub

संसद विघटनविरुद्धको रिटमा आजदेखि निवेदक पक्षको जवाफी बहस सुरू


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाइका क्रममा आजदेखि निवेदक पक्षले जवाफी बहस सुरू गरेको छ ।

निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नरहेको र विघटन संविधान विपरित रहेको दाबी गरेका छन् ।

तर प्रतिरक्षा बहसको क्रममा सरकार पक्षीय वकिलहरुले प्रधानमन्त्रीसँग निहित अधिकारका आधारमा प्रतिनिधिसभा विघटन गरेका कारण संविधान संवत रहेको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि सर्वोच्चमा संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ ।

गएको माघ ४ गतेदेखि जारी विषय केन्द्रित बहस अन्तर्गत सुरुका दुई हप्ता १३ निवेदकका तर्फबाट वकिलहरुले बहस गरेका थिए ।

त्यसपछिको दुई हप्ता सरकारका तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वलिकहरुलाई जवाफी बहस सकेसम्म छोटो गर्न भनेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १२ : ३४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी