विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरी | Khabarhub Khabarhub

विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरी


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएकी छन्।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौँ परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले खबरहबलाई जानकारी दिए।

सिंहले भने, ‘जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन टोली अदालत गएको छ । पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं।’

सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए।

सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए।

उनका अनुसार बस्नेत अहिले काठमाडौँ बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौँ आएकी सपना बस्नेतसँगै बस्थिन्। सोही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १ : १५ बजे

सन्तानले असल संकार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच