‘बिग बोस १५’ होस्ट गर्न सलमानको यस्तो शर्त « Khabarhub

‘बिग बोस १५’ होस्ट गर्न सलमानको यस्तो शर्त


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय रियालिटी शो ‘बिग बोस १४’ पूर्ण रफ्तारमा आफ्नो समापनको बाटोमा अगाडि बढिरहेको छ । ‘बिग बोस’को घरमा उपस्थित प्रतिष्पर्धीहरु फिनाले, ट्रफी जित्ने र घरबाहिर निस्कने व्यग्र प्रतिक्षामा छन् ।

शोका होस्ट सलमान खानको अवस्था पनि ठ्याक्कै यस्तै छ । शोको हालैको एक एपिसोडमा उनले सिजन सकिन लागेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

‘ममा मिश्रित भावना छ । कहिले खुशी, कहिले दुःखी’, उनले भनेका छन् । उनले शोको पूर्ण टिम र समूहले आगामी वर्षसम्म कुनै भुक्तानी र चेक नपाउने कुरामा दुःख व्यक्त गरेका छन् ।

‘बिग बोस १४’ पछि सलमान ‘पठान’, ‘टाइगर जिन्दा है ३’ र अन्य फिल्मको सुटिङमा व्यस्त हुनेछिन् । उनले आगामी सिजनमा पुनः आउने भन्दै आगामी सिजनका लागि आफ्नो पारिश्रमिकमा १५ प्रतिशत वृद्धि हुनुपर्ने माग राखेका छन् ।

‘म त आउछु नै, यदि मेरो १५ प्रतिशत पारिश्रमिक यी व्यक्तिले बढाए भनें’, उनले भनेका छन् । यो संस्करणका लागि सलमानले प्रति हप्ता २४ करोड पारिश्रमिक लिइरहेका छन् ।

–एजेन्सी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : १५ बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति