कांग्रेस सहमत भए संयुक्त आन्दोलन हुन्छ – चेम्जोङ् « Khabarhub

कांग्रेस सहमत भए संयुक्त आन्दोलन हुन्छ – चेम्जोङ्


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ्ले संसद विघटनकाविरुद्ध नेपाली कांग्रेस सहमत भए संयुक्त आन्दोलन सुरू गर्ने बताएका छन् ।

ताप्लेजुङ्बाट फर्कने क्रममा झापाको दमकमा आईतबार भएको पत्रकार भेटघाटमा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस पनि यसमा तयार हुने विश्वास व्यक्त गरे ।

हरेक लोकतान्त्रिक परिवर्तनमा कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेकाले संसद विघटन पछि लोकतन्त्रमा परेको खतरा प्रति कांग्रेस पनि सजग रहेको हुन सक्ने उनको भनाइ छ ।

लोकतन्त्रमा कोही पनि निर्वाचनबाट भाग्न नहुने तर्क जायज रहे पनि अहिले अलोकतान्त्रिक प्रक्रियाबाट संसद विघटन गरी निर्वाचन घोषणा गरिएकाले यो मान्य नहुने उनको भनाइ थियो ।

म्यानमारमा सेनाले सत्ता कव्जा लिएको घटनासँग नेपालको तुलना गर्दै उनले नेपालमा पनि म्यानमारको जस्तै कु गरिएको तर प्रक्रियामा मात्र गलत भएको उनले दावी गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ३ : ०२ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले