आइतबार सेयर बजार नेप्से ३३ अंकले घट्यो « Khabarhub

आइतबार सेयर बजार नेप्से ३३ अंकले घट्यो


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन सेयर बजार नेप्से ३३ अंकले घटेको छ। आइतबार नेप्से परिसूचक २४९३ अंकमा झरेको हो।

आज २०२ कम्पनीको ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बैंकिङ २०, ब्यापार २३, होटल २५, विकास बैंक १०, जलविद्युत २३, फाइनान्स ११, निर्जीवन बीमा ७७, उत्पादन ४४, अन्य ४५, माइक्रोफाइनान्स ७८ र जीवन बीमा समूह २३३ अंकले घटेका छन्।

समग्र बजार घट्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य १० प्रतिशतले बढेको छ। कम्पनीको मूल्य १० प्रतिशतले बढेर ३७४ रुपैयाँ पुगेको छ। पहिलो कारोबार ३४० रुपैयाँमा भएको थियो। बैंकको आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको हो।

कर्णाली विकास बैंकको मूल्य ७.८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५९१ रुपैयाँ पुगेको छ। त्यस्तै नेको इन्स्योरेन्सको मूल्य ७.४ प्रतिशतले बढेर १६९९ रुपैयाँ पुगेको छ।

सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.२ प्रतिशतले घटेको छ। कम्पनीको मूल्य प्रतिकित्ता १९१९ रुपैयाँ कायम भएको छ। त्यस्तै स्वाभिमान लघुवित्तको मूल्य ९.१ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल बैंकको ३६ करोड रुपैयाँ बराबरको किनबेच भएको छ। नेपाल टेलिकमको २३ करोड १२ लाखको कारोबार भएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ४ : २१ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन