गरिब र असहायलाई नीलडेभिडको छात्रवृत्ति « Khabarhub

गरिब र असहायलाई नीलडेभिडको छात्रवृत्ति


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले गरिब तथा असहाय बालबालिकालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रणय दिवसको अवसर पारेर काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालनमा ल्याइएको नीलडेभिड्स लाउञ्जको उद्घाटनमा उनले आइतबारदेखि आफ्नो सैलुनमा केस कटिङ तथा सौन्दर्य सम्बन्धी प्रत्येक कार्यबाट संकलन भएको शुल्कमा कम्तीमा दश रुपैयाँदेखि बढीमा पचास रुपैयाँसम्म रकम छुट्याउने घोषणा गरे ।

‘छुट्याइएको रकमबाट गरिबीका कारण विद्यालय जानबाट वञ्चित बालबालिकाको शिक्षामा लगानी गरिने छ’, कटवालले भने । उनले सन् २०२२ देखि नीलडेभिड्स फाउण्डेसनमार्फत अभियानलाई देशव्यापी बनाइने बताए ।

लाउञ्जको माइती नेपालकी अध्यक्ष तथा ‘सीएनएन हिरो’ अनुराधा कोइराला, अभिनेत्री सरिता लामिछाने, गायिका इन्दिरा जोशी, सञ्चारकर्मी तथा पूर्व ‘मिस नेपाल’ सुगरिका केसी तथा सञ्चारकर्मी सोनिका रोकायाले शुभारम्भ गरे ।

अध्यक्ष कोइरालाले कपाल काटेको शुल्कबाट १०–१० रुपैयाँ संकलन गरी गरिब बालबालिकालाई पढाउने योजना उदाहरणीय रहेको बताइन् ।

नीलडेभिडले नेपालमै पहिलो पटक नङको सजावटलाई प्राथमिकता दिँदै यो लाउञ्ज सलून स्थापना गरेका हुन् । यसमा हेयर स्टाइलिसका लागि एपोन्टमेन्ट लिएर प्राइभेट लाउञ्ज नै बुक गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ३५ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा