मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वागमती – मकवानपुर जिल्ला प्रहरी कार्यालयले चोरी भएको मोटरसाइकलमा संलग्न तीन जनालाई मोटरसाइकलसहित पक्राउ गरी आज कारबाही प्रक्रिया शुरु गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–१५ का शेरबहादुर पाख्रिनको वाग्मती प्रदेश ०३–००२ ५०५१६ नम्बरको चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाइएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको वाग्मती गाउँपालिका–१२ का २० वर्षीय टेकबहादुर गोले, सर्लाही लालबन्दी नगरपालिका–१४ का २७ वर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका–८ बस्ने २० वर्षीय निकेश वाइवा पक्राउ परेको सो प्रहरी कार्यालयका प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

चोरीमा संलग्न रहेका सिन्धुली मरिण गाउँपालिकाका सुरज तामाङको खोजतलास जारी रहेको उनले बताए । पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान प्रक्रिया शुरु भएको बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : ३० बजे

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको