मुलुकको विकास र समृद्धिका लागि निर्वाचन : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

मुलुकको विकास र समृद्धिका लागि निर्वाचन : उपप्रधानमन्त्री पोखरेल


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारेका हुन ।

प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनले जोड दिए ।

मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्दै मन्त्री पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे ।

पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनले सरकारले तीनवर्षे कार्यकालमा गरेका उपलब्धिलाई जनता समक्ष पुर्‍याउन मिडियाले भूमिका खेल्नुपर्ने बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व नै नेकपा आधिकारिक पार्टी भएको कारण सूर्य चिन्ह पनि बाहिर नजाने बताउँदै उनले मुलुकको स्थायित्वका लागि निर्वाचनमा जुट्न सबैलाई आग्रह गरेका थिए ।

सरकारले जनतालाई स्वास्थ्यमा पहुँच पुर्‍याउने लक्ष्यका साथ मुलुकको इतिहासमै पहिलो पटक एकै दिनमा ३०९ वटा अस्पतालको शिलान्यास गरेको बताउँदै उनले अस्पतालको भौतिक संरचना निर्माणका लागि रु ५६ अर्ब विनियोजन गरेको जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले लोकतन्त्रमा निर्वाचन सर्वोत्तम विधि भएको बताउँदै देशव्यापी पार्टीले गरेको जनप्रदर्शन निर्वाचनको तयारीका लागि भएको स्पष्ट पारे ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : ०१ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक