मुलुकको विकास र समृद्धिका लागि निर्वाचन : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

मुलुकको विकास र समृद्धिका लागि निर्वाचन : उपप्रधानमन्त्री पोखरेल


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारेका हुन ।

प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनले जोड दिए ।

मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्दै मन्त्री पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे ।

पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनले सरकारले तीनवर्षे कार्यकालमा गरेका उपलब्धिलाई जनता समक्ष पुर्‍याउन मिडियाले भूमिका खेल्नुपर्ने बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व नै नेकपा आधिकारिक पार्टी भएको कारण सूर्य चिन्ह पनि बाहिर नजाने बताउँदै उनले मुलुकको स्थायित्वका लागि निर्वाचनमा जुट्न सबैलाई आग्रह गरेका थिए ।

सरकारले जनतालाई स्वास्थ्यमा पहुँच पुर्‍याउने लक्ष्यका साथ मुलुकको इतिहासमै पहिलो पटक एकै दिनमा ३०९ वटा अस्पतालको शिलान्यास गरेको बताउँदै उनले अस्पतालको भौतिक संरचना निर्माणका लागि रु ५६ अर्ब विनियोजन गरेको जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले लोकतन्त्रमा निर्वाचन सर्वोत्तम विधि भएको बताउँदै देशव्यापी पार्टीले गरेको जनप्रदर्शन निर्वाचनको तयारीका लागि भएको स्पष्ट पारे ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : ०१ बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन