भागरथीको हत्यारालाई कानूनी दायरामा ल्याउन आयोगको आग्रह « Khabarhub

भागरथीको हत्यारालाई कानूनी दायरामा ल्याउन आयोगको आग्रह


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्या सम्बन्धमा अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

आयोगमा आज आयोजना गरिएको छलफल कार्यक्रममा कानून मन्त्रालयका सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापासँग गरिएको अन्तरक्रियामा उनले सो आग्रह गरेका हुन ।

यसैबीच अध्यक्ष मगरले न्यायका लागि अनसनमा बसेकी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल गर्न आग्रह गरे ।

भट्टको हत्यासम्बन्धी घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवं सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले यसअघि नै सरकारलाई आग्रह गरेको स्मरण गर्दै घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएको छ ।

अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन नहुँदा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सम्बन्धमा आयोगको ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : १० बजे

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको