प्रदेश १ प्रमुखले दिए ग्याल्बो ल्होछारको शुभकामना « Khabarhub

प्रदेश १ प्रमुखले दिए ग्याल्बो ल्होछारको शुभकामना


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शेर्पा समुदायको महान् चाड ‘ग्याल्बो ल्होछार’को शुभकामना दिएका छन् ।

आज एक सन्देश जारी गर्दै शेर्पा समुदायको ‘ग्याल्बो ल्होछार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति, उन्नतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

आफन्त भेटघाट, सांस्कृतिक मनोरञ्जन तथा धार्मिक आस्था प्रवद्र्धन र सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान–प्रदान गर्ने परम्पराले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने भएकाले शेर्पा समुदायले मनाउने यस पर्वलाई महत्वका साथ हेरिने गरिन्छ । अझै पनि विश्व कोरोना भाइरसको महामारीबाट मुक्त भइसकेको अवस्था छैन ।

यस परिप्रेक्ष्यमा भौतिक तथा सामाजिक दूरी कायम गरी यस पर्वलाई मनाउनु सबै शेर्पा समुदायको अनिवार्य कर्तव्य बनेको कुरालाई प्रदेश प्रमुख ‘प्यासी’ले स्मरण गराएका छन् ।

सन्देशमा भनिएको छ, “बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषतायुक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतीक हुन्, ‘ग्याल्बो ल्होछार’ले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकास गर्ने कुरामा मैले विश्वास लिएको छु ।”

‘ग्याल्बो ल्होछार’ पर्व भव्य र सभ्यरूपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त यस पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै प्रदेश प्रमुख ‘प्यासी’ले शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : २५ बजे

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

काठमाडौं– काठमाडौँ उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा

१०औँ राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो साता हुने

काठमाडौं– नेपाल बास्केटबल संघको आयोजनामा १०औँ राष्ट्रिय खुला महिला बास्केटबल