चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ : प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ : प्रधानमन्त्री ओली (भिडियोसहित)


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताभन्दा आफ्नो स्वार्थमा लाग्ने प्रवृत्ति बढ्दै गर्दा पनि सरकारले विकास निर्माणमा छलाङ मारेको दाबी गरेका छन्।

प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने, ‘हाम्रो देश विकासित नहुने देश होइन, ५ वर्षभित्र हामीले लगभग दिगो विकासका लक्ष्य पूरा गर्न सक्छौँ।’

दिगो विकासको मापदण्ड २०३० भन्दा अगाडि नै पूरा हुने उनले बताए। ‘हामीसँग धेरै सम्भावना छ, देशलाई सामाजिक र भौतिक विकासको उचाइलाई माथि उठाएका छौँ, चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ,’ उनले भने।

विरोधका लागि विरोध गर्नेहरूले विकास निर्माणका काम रोकेको उनले आरोप लगाए।

आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका छन् ।

हेरौँ भिडियो

सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी यसअघि नै भइसकेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उक्त कार्यक्रमको कूल लागत भने करिव २ खर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १ : ५८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार