धोनीको बुद्ध भिक्षु अवतार « Khabarhub

धोनीको बुद्ध भिक्षु अवतार


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी बुद्ध भिक्षुको अवतारमा देखिएका छन् ।

२०२१ ईन्डियन प्रिमियर लिग (आईपीएल) तयारीका लागि चेन्नई सुपर किङ्गसको प्रशिक्षण शिविरमा रहेका धोनी एकाएक भिक्षु अवतारमा देखा परेका हुन् ।

उनी भिक्षु अवतारमा देखिएको तस्विर स्टार स्पोर्टले सार्वजनिक गरेको हो । यो तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

यस्तै, आइतबार सोही तस्वीरसँग सम्बन्धित अर्को ९ सकेण्डको छोटो भिडियो क्लिप पनि सार्वजनिक भएको छ । धोनीले कुनै मन्त्र वाचन गरेको देखाइएको उक्त भिडियोको मन्त्र के हुन सक्छ भनेर अनुमान लगाउन भन्दै स्टार स्पोर्टसले ट्वीट गरेको छ ।

पूर्ण रूपमा बुद्ध भिक्षुको पोशाकमा देखिएका धोनीले आफ्नो कपालसमेत खौरिएका छन् । फ्यानहरूले धोनीको यो रूपलाई धेरै मन पराई रहेका छन् । साथै प्रतिक्रिया पनि दिई रहेका छन् ।

यो भिडियो र तस्वीर केका लागि खिचिएको हो प्रस्ट नभए पनि विज्ञापनका लागि धोनी भिक्षु अवतारमा देखा परेका हुन सक्ने बताईएको छ ।

उनले एक मार्शल आर्ट प्रशिक्षण क्याम्पको विज्ञापनका लागि यो तस्वीर खिचेको हुन सक्ने बताईएको छ ।

आईपीएलको १४ औं संस्करण अप्रिल ९ देखि शुरू हुँदै छ । यसको तयारीका लागि सबै फ्रन्चाईज टोलीहरूले शिविरको आयोजना गरिरहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  २ : ४१ बजे

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा