हिमालयन बैंकद्वारा ३१ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग « Khabarhub

हिमालयन बैंकद्वारा ३१ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खप्तड छेडेदह गाउँपालिकाका विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैँकले गत फागुन २८ गते आयोजित एक समारोह बीच त्यहाँ सञ्चालित ३१ वटा सामुदायिक विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

हिमालयन बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको “एक घर एक बैंक खाता” अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको थियो । सो कार्यक्रममा नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त समाग्रीहरु विद्यालयहरुका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका तर्फबाट प्रादेशिक कार्यालय धनगढीका निर्देशक श्री शुभाष चन्द्र घिमिरे, हिमालयन बैंकका तर्फबाट कार्यकारी सञ्चालन अधिकृत श्री मृगेन्द्र प्रधान, सुदुरपश्चिम प्रदेश प्रमुख श्री सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख श्री किरण रिजाल र गाउँपालिकाका अध्यक्ष श्री नरबहादुर रावतको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य स्वरुप त्यहाँका सामुदायिक विद्यालयहरुलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए ।

त्यसैगरी कार्यक्रमका सभापति तथा गाउँपालिकाका अध्यक्ष रावतले बैंकको सहकार्य र सहयोग प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ३ : ५५ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’