माओवादी केन्द्रले गर्‍यो मन्त्रीहरुलाई फिर्ता बोलाउने स्थायी कमिटीको निर्णय अनुमोदन (भिडियोसहित) « Khabarhub

माओवादी केन्द्रले गर्‍यो मन्त्रीहरुलाई फिर्ता बोलाउने स्थायी कमिटीको निर्णय अनुमोदन (भिडियोसहित)


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ ।

बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन गर्दै नेकपा एमालेतिर गएका नेताहरूलाई कारबाहीका लागि औपचारिक पत्र पठाउने निर्णय गरेको हो ।

अनुशासनको कारबाही अन्तर्गत पार्टीको केन्द्रीय कार्यालयले २४ घण्टाभित्र स्पष्टीकरण सोधेकोमा त्यसको जवाफ नआएपछि औपचारिक रुपमा पत्र पठाउने निर्णय भएको हो ।

पार्टी छाडेको हो/होइन भनेर स्पष्ट गर्न माओवादी केन्द्रले नेताहरुलाई भनेको छ ।

कारबाही प्रक्रिया अघि बढाउने भनिएपनि कानुनी प्रश्नसमेत उठ्न सक्ने भएकाले विधि पुर्‍याउन औपचारिक पत्र पठाउन लागिएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

हेरौँ भिडियो

पार्टीका तर्फबाट मन्त्री पदमा भएकाहरुलाई राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाउने निर्णय पनि भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि, शनिबार पार्टीको केन्द्रीय कार्यालयले पनि मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

यसैबीच, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने भइनसकेको प्रवक्ता श्रेष्ठले बताए । आइतबारबाट शुरू भएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । भोलिको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आ–आफ्नो भनाइ राख्ने कार्यसूची छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ४ : ३९ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन