फौजदारी कानून संशोधन गर्न महान्यायाधिवक्ताको कार्यालयले दियो सुझाव « Khabarhub

फौजदारी कानून संशोधन गर्न महान्यायाधिवक्ताको कार्यालयले दियो सुझाव


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ताको कार्यालयले मुलुकी संहितालगायतका फौजदारी कानून संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।

राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा कानून समायानुकूल र एकआपसमा संगति कायम हुने गरी संशोधन गर्न आवश्यक रहेको उल्लेख छ ।

सर्वोच्च अदालतबाट प्रतिपादन भएका सिद्धान्त र आदेशको कार्यान्वयनका लागि सम्बन्धित निकाय गम्भीरतापूर्वक अग्रसर नभएको आरोप महान्यायाधिवक्ताको कार्यालयको छ ।

सरकारी वकिलको सेवालाई व्यावसायिक बनाउन र कार्यमा प्रभावकारिता ल्याउन आवश्यक कानुन निर्माण गर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अभियोजन प्रशिक्षण केन्द्रलाई पर्याप्त स्रोत, साधन र जनशक्तिको व्यवस्था गरी सरकारी वकिल तथा कर्मचारीलाई निरन्तर अभिमुखीकरण गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले औँल्याएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सरकारविरुद्ध ९ हजार ९ सय ३८ रिट निवेदन दर्ता भएको प्रतिवेदनले औँल्याएको छ ।

यस्तै ६ हजार ९ सय ७ अन्य निवेदन पनि दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्चमा बहस पैरवी र प्रतिरक्षा गरिएका १४ हजार २ सय ३६ मुद्धाहरुमा ३ हजार १३ थान फछ्र्यौट भएको छ भने ३७ दशमलब ४० प्रतिशत मुद्दा खारेज भएको छ ।

यस्तै उच्च सरकारी वकिल कार्यालयहरुबाट बहस पैरवी र प्रतिरक्षा गरिएका २२ हजार १ सय ५९ थान मुद्धामा १२ हजार २ सय ८० थान फछ्र्यौट भएको छ ।

यस्तै ५३ दशमलब ०५ प्रतिशत थान मुद्धा खारेज भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै विशेष सरकारी वकिल कार्यालय काठमाडौबाट ६ हजार ३ सय ८५ र जिल्ला सरकारी वकीलको कार्यालबाट ५४ हजार २० थान मुद्दा बहस पैरवी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १० : १४ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको