सिरहा बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो « Khabarhub

सिरहा बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो

घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइयो


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा–  सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोट घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर बम विस्फोट घटनाको जिम्मा लिएका हुन् ।

तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहाको लहान नगरपािलका अन्तर्गत रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम कारबाही स्वरुप विस्फोट गराइएको अध्यक्ष गोइतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘भ्रष्टाचार जारी नै रहे यसभन्दा पनि उच्चस्तरको कारबाही गर्ने’ जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज दिउँसो भएको बम विस्फोटमा परेर मालपोत कार्यालयका नायब सुब्बासहित ८ जना घाइते भएका छन् ।

यस्तो छ विज्ञप्ति

गम्भीर घाइतेलाई काठमाडौँ ल्याइयो

बम विस्फोटमा परी गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

बम विस्फोटमा गम्भीर घाइते भएका दिनेश कुमार भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौँ  ल्याइएको हो ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर पनि घाइते भएका छन् ।

बमको छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्री नारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बम विष्फोटपछि आगलागी हुँदा कार्यालयको कागजात जलेको प्रहरीले बताएको छ । आज बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए । यादव उक्त समुहमा गोइतपछिका दोस्रो वरियताका कमाण्डर थिए।

यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : २३ बजे

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य जेखिममा

सिड्नी- अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा

सरकारी सूचनामा सरकारी सञ्चारमाध्यम मात्र प्रयोग गर्ने निर्णयविरुद्ध पत्रकार महासंघको धर्ना

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा