‘विप्लव’को राजनीतिक एजेण्डा स्पष्ट नभएको महासचिव वैद्यको तर्क (भिडियोसहित) « Khabarhub

‘विप्लव’को राजनीतिक एजेण्डा स्पष्ट नभएको महासचिव वैद्यको तर्क (भिडियोसहित)


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को राजनीतिक एजेण्डा स्पष्ट नभएको बताएका छन् ।

नेकपा क्रान्तिकारी माओवादीसम्वद्ध मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको विरोध सभामा वैद्यले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिक धारमा ल्याउनु सकारात्मक भए पनि राजनीतिक एजेण्डाबारे स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

उनले राजनीतिक खेलका लागि जनताको रगत र बलिदानीसँग खेल्न नहुने तर्क गरे ।

हेरौँ भिडियो

दलहरु सत्ताका लागि एक अर्कालाई सिध्याउने खेलमा लागेकाले यसले मुलुकलाई हित नगर्ने उनको भनाइ छ । उनले अब मुलुकमा अस्थिरताको युग सुरु भएको टिप्पणी पनि गरे ।

प्रतिक्रियावादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, संघीय जनगणतन्त्र स्थापना गर्नका लागि भन्दै क्रान्तिकारी माओवादी सम्बद्ध  मोर्चाले विरोध सभा गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ५१ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।